‘घामड शेरे’को दोस्रो पोस्टरमा रोमान्टिक निश्चल र स्वस्तिमा

‘घामड शेरे’को दोस्रो पोस्टरमा रोमान्टिक निश्चल र स्वस्तिमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कार्तिक ८ गते रिलिज हुने सिनेमा ‘घामड शेरे’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । यसअघिको पोस्टरमा अभिनेता निश्चल बस्नेत मात्र फिचर्ड थिए । तर, दोस्रो पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का पनि अटाएकी छन् ।

रुखको फेदमा यो रियल कपललाई रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ । सिनेमाको पहिलो पोस्टरले दर्शकबाट उम्दा प्रतिक्रिया पाएको थियो । वर्षकै प्रतिक्षित सिनेमामा निश्चल र स्वस्तिमाले पहिलो पटक जोडी बाँधेका छन् ।

सिनेमामा हेमराज बिसीको कथा, पटकथा, निर्देशन र लगानी छ । बिसी मोसन पिक्चर्स व्यानरमा निर्माण भएको सिनेमामा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । यस्तै अभिनेत्री गौरी मल्लको अतिथि भूमिका बताइएको छ ।

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।