घामड शेरे गीत: निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा

घामड शेरे गीत: निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हेमराज बिसी निर्देशित सिनेमा ‘घामड शेरे’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘साली मन पर्यो’ रोमान्टिक डान्सिङ नम्बरमा निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचरिङ छन् ।कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत रहेको गीतमा प्रदीप लामा (द नेक्स्ट)को कोरियोग्राफी छ । गीतमा संगीतकार कालीप्रसाद र अश्मिता अधिकारीको स्वर छ ।

कमेडी ड्रामामा निश्चल र स्वस्तिमाका अलावा शुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक र रोयको पनि अभिनय छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ ।

नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा नरेन्द्र मैनालीको डिओपी, सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ । सिनेमा तिहारको अवसर पारेर कार्तिक ८ मा रिलिज हुँदैछ ।