निर्माता बन्दै करीना

निर्माता बन्दै करीना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री करीना कपूर खान निर्माता बन्दैछिन् । अनटाइटल थ्रिलर सिनेमा निर्माणमा करीनाले एकता कपूरको बालाजी टेलीफिल्मससँग सहकार्य गरेकी छन् ।

यो सिनेमालाई हंसल मेहताले निर्देशन गर्नेछन् । यो सिनेमाको कथा एक सच्चा जीवनको घटनाबाट प्रेरित छ । निर्माण टिमले छिट्टै सिनेमाको छायांकन युकेबाट हुने बताएका छन् ।

पहिलो पटक निर्माता बन्न लागेकी करीना भन्छिन्, ‘एकतासंग यो सिनेमामा निर्माताको रुपमा काम गर्नको लागि निकै उत्साहित छु । यो सिनेमालाई हंसलले निर्देशन गर्नेछन् । म हंसलको सिनेमाको ठूलो प्रशंसक हूं, र उनीसँग पहिलो पटक काम गर्न पाउँदा निकै खुशी छु । यस सिनेमाको यात्रा सुरु गर्न म धेरै समय पर्खन सक्दिन ।’

-एजेन्सी