तापसीको ‘रश्मि रकेट’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

तापसीको ‘रश्मि रकेट’ डिजिटल प्लेटफर्ममा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री तापसी पन्नू अभिनित सिनेमा ‘रश्मि रकेट’ सिधै ओटीटी डिजिटल प्लेटफर्ममा रिलिज हुने भएको छ । आकर्ष खुराना निर्देशित स्पोर्ट्स–ड्रामा सिनेमाको छायांकन जनावरीमा सकिएको थियो ।

भारतीय मिडिया अनुसार ‘रश्मि रकेट’ ५८ करोडमा बिक्री भएको छ । महिला केन्द्रित सिनेमाको लागि यो निकै ठूलो रकम हो । तापसी नियमित रुपमा आफ्नो ट्रेनिङ्गको तस्बिर सामाजिक सञ्जाल पोस्ट गरिरहन्छिन् ।

आरएसवीपीको लगानी रहेको सिनेमामा तापसीसँगै सुप्रिया पाठक, अभिषेक बनर्जी र प्रियांशु पेन्युलीलगायतको अभिनय छ ।