ठगीको आरोपमा शिल्पा र उनकी आमासँग सोधपुछ

ठगीको आरोपमा शिल्पा र उनकी आमासँग सोधपुछ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा ठगीको मुद्दामा बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीसँग प्रहरीले सोधपुछ गरिएको छ ।

शिल्पा र उनकी आमासँग सोधपुछको लागि बुधबार लखनउ प्रहरी शिल्पाको घर पुगेको थियो। भारतीय मिडियाका अनुसार शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता गरिएको छ । शिल्पा र उनकी आमाले यसको शाखा खोल्ने नाममा दुईजनासँग करोडौँ रुपैया लिए, तर शाखा खोलेनन् ।

उक्त कम्पनीका अध्यक्ष किरण बावाले इन्स्टाग्राममार्फत स्पष्टीकरण दिदै शिल्पा र उनकी आमाको यसमा हात नरहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘शिल्पा र उनकी आमा सुनन्दा धेरै समयअघि नै यो कम्पनीबाट छुट्टिएका थिए । आईओसिस मेरो लागि एक ब्रान्ड मात्र होइन, मेरो बच्चा जस्तै हो । जसलाई निकै मेहनत गरेर सञ्चालनमा ल्याएको छु ।’ साथै उनले यस्तो भ्रामिक समाचारहरु नफैलाउन आग्रह गरेकी छन् ।

शिल्पाका पति राज कुन्द्रालाई अश्लील भिडियो निर्माण तथा प्रसारण प्रकरणमा जुलाई १९ तारिखमा पक्राउ परेका थिए ।

-एजेन्सी