राधिकालाई अश्लिलता फैलाएको आरोप

राधिकालाई अश्लिलता फैलाएको आरोप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री राधिका आप्टे ट्रोलरको शिकार भएकी छन् । उनलाई ट्रोलरले अश्लिलता फैलाएको आरोप लगाएका छन् ।

२०१६ मा सिनेमा ‘पाच्र्ड’को रिलिज भन्दा अगाडी राधिका र आदिल हुसैनको न्यूड सीन लीक भएको थियो । केहि समय अगाडी राज कुन्द्रा अश्लिल सिनेमा निर्माण र प्रसारण प्रकरणमा प्रकाउ परेपछि राधिका ट्रोलको शिकार भएकी हुन् । ट्रोलरले कानून सबको लागि बराबर छ भन्दै राधिकालाई बायकटको माग गरेका छन् ।

राधिकाको पछिल्लो समय ‘रात अकेली है’मा देखिएकी थिइन् । उनी आगामी सिनेमा ‘मोनिका ओ माई डार्लिङ्ग’मा देखिदैछिन् ।

-एजेन्सी