४५ करोडमा बेचे अभिषेकले अपार्टमेन्ट

४५ करोडमा बेचे अभिषेकले अपार्टमेन्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो अपार्टमेन्ट बेचेका छन् । लग्जरी अपार्टमेन्टलाई उनले करिब ४५.७५ करोड भारुमा बेचेका हुन् ।

मुम्बईको वर्ली क्षेत्रमा रहेको उक्त अपार्टमेन्ट ओबेराय ३६० वेस्ट टावर्सको ३७ औं तल्लामा छ । उनले २०१४ मा ४१.१४ करोडमा अपार्टमेन्ट किनेका थिए । यसमा चार कार पार्किङ्ग पनि छ । उक्त अपार्टमेन्टलाई अनुराग गोयलले अभिषेकलाई बेचेका थिए ।

बलिउड अभिनेताहरु शाहिद कपूर तथा अक्षय कुमारको पनि त्यहि टावर्समा अपार्टमेन्ट छ । अभिषेक हालै डिज्नीप्लस हटस्टारबाट रिलिज भएको सिनेमा ‘बिग बुल’मा देखिएका थिए । अब अभिषेक सिनेमा ‘दसवी’ र ‘बम्ब विश्वास’मा देखिनेछन् ।

-एजेन्सी