हलमा रिलिज नभई युट्युबमा ‘उल्झन’

हलमा रिलिज नभई युट्युबमा ‘उल्झन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण सिनेमा हलहरु अनिश्चितकालका लागि बन्द भएपछि सिनेमा ‘उल्झन’ डिजिटल प्लेटफर्म मार्फत रिलिज भएको छ । साउन २९ गते म्यूजिक नेपाल मुभिजको यूट्युब च्यानलमा सिनेमा रिलिज भएको हो ।

राजु अधिकारीले निर्देशन गरेको सिनेमामा ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, बेनी ढुङगाना लगायतको अभिनय छ । तेजेन्द्र कँडेलको प्रस्तुति र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको सिनेमामा रामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्व, शिव विकको नृत्य र आरती अधिकारीको लेखन छ ।

युरोपका विभिन्न स्थानमा छायांकन भएको सिनेमालाई नवीन अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गरेका हुन् । लक्ष्मण घिमिरेले छायांकन गरेको सिनेमालाई अभिषेक पौडेलले सम्पादन गरेका छन् ।