निर्माण र निर्देशनमा फर्किँदै युवराज लामा

निर्माण र निर्देशनमा फर्किँदै युवराज लामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता, निर्देशक तथा कलाकार युवराज लामा लामो समयपछि सिनेमा क्षेत्रमा फर्किने भएका छन् । उनले ‘मन मन्दिर, कन्यादान, जीवन संघर्ष, देश परदेश, माउते दाइ, प्रतिज्ञा, दुलाहा राजा दुलाही रानी’ लगायत थुप्रै सिनेमा निर्माण तथा निर्देशन गरिसकेका छन् ।

पछिल्लो समय सिनेमा ‘धर्मात्मा’ निर्देशनपछि राष्ट्रिय खेल संघको सदस्यको रुपमा काम गरेका कारण उनी सिनेमा क्षेत्रबाट टाढिएका थिए । अब, डेढ दशकपछि उनी सिनेमा निर्माण र निर्देशनमा फर्किन लागेका हुन् । उनले सामाजिक संजाल मार्फत सिनेमा निर्माण र निर्देशनमा दोस्रो इनिङ सुरु गर्न लागेको जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘ कथा भेटियो, आजबाट वान लाइनर लेख्न शुरु भयो । सकिने बित्तिकै पटकथा अनि संवाद लेख्न शुरु गर्ने विचारमा पुगियो, उनले अगाडि लेखेका छन्, ‘विभिन्न जिम्मेवारी र अभियानको कारण विश्राम लिएको चलचित्र निर्माण निर्देशनमा दोस्रो इनिङ पुनः प्रवेश गर्ने प्रयास हुँदै ।’

कोरोना महामारीपछि सिनेमा क्षेत्रमा गिरावट आएको छ । उनलाई विश्वास छ, उनको कमब्याकले सिनेमा क्षेत्रको उत्थानको लागि केहि मद्धत गर्नेछ ।