छायांकार तथा निर्माता भीम रानाको निधन

छायांकार तथा निर्माता भीम रानाको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – वरिष्ठ छायांकार तथा निर्माता भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । ६० वर्षिय भीमको मंगलबार बिहान ८ः३० बजे वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो ।

उनको निधन भएको खबर कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनको निधनप्रति सिनेकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले सिनेमा ‘माइली’ निर्माण गरेका थिए । चलचित्र विकास कम्पनी बालाजुका सञ्चालक समेत रहेका रानाले आफ्नो करियरमा थुप्रै हिट सिनेमा खिचेका छन् । ‘सम्झना, वरमाला, राज्य, निशाना, लाल सलाम, लभ कुश’ लगायत सिनेमा खिचेका उनले ‘माया प्रीति’ र ‘मान्छे पुग्यो जूनमा’ गीतमा अभिनय पनि गरेका छन् ।