खगेन्द्र लामिछानेलाई पुत्री लाभ

खगेन्द्र लामिछानेलाई पुत्री लाभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता खगेन्द्र लामिछाने र उनकी पत्नी रोजिना सिटौलालाई पुत्री लाभ भएको छ । उनकी पत्नी रोजिनाले बुधवार बिहान पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

अभिनेता खगेन्द्रले आफू बाबु बनेको खुसी साट्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रोजिना सिटौलासँग आनन्दित महसुस गरिरहेको छु । यस संसारमा तिमीलाई स्वागत छ छोरी ।’ उनलाई सामाजिक सञ्जालमार्फत उनका शुभचिन्तकहरूले बधाई दिइरहेका छन् ।

उनको डेब्यू निर्देशन बनेको सिनेमा ‘पानीफोटो’ प्रदर्शनको पखाईमा छ ।