‘सुपर डान्सर ४’को सेटमा फर्किइन् शिल्पा

‘सुपर डान्सर ४’को सेटमा फर्किइन् शिल्पा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री शिल्पा शेट्टी ‘सुपर डान्सर ४’को सेटमा फर्किएकी छन् । पति राज कुन्द्रा अश्लिल भिडियो बनाउने आरोपमा जेल गएपछि उनी ‘सुपर डान्सर ४’को सेटबाट अलग भएकी थिइन् । यस डान्स शोको उनी निर्णायक थिइन् ।

भारतीय मिडिया अनुसार शिल्पाले तीन हप्तापछि मंगलबार नयाँ एपिसोडको सुटिङ गरेकी छन् । उनले निर्देशक अनुराग बसु र कोरियोग्राफर गीता कपुरसँगै सुटिङ गरेकी छन् । उनी फाइनलसम्मै निर्णायकको रुपमा रहने बताइएको छ ।

शिल्पा नहुँदा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुईस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपूर, जेनेलिया डिसूजा र रितेश देशमुख निर्णायकको रुपमा देखिएका थिए । उनीहरु अतिथि निर्णायकको रुपमा शोमा आएका थिए ।

-एजेन्सी