शाहरुखकी छोरी सुहानालाई लन्च गर्दै जोया

शाहरुखकी छोरी सुहानालाई लन्च गर्दै जोया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड निर्देशक जोया अख्तर अभिनेता शाहरुख खानकी छोरी सुहाना खानलाई लन्च गर्ने तयारीमा छिन् । जोया इन्टरनेसनल कमिक बुक ‘आर्ची’माथि सिनेमा बनाउदैछिन् । सिनेमामा उनको पहिलो रोजाइ नै सुहाना बनेकी छन् ।

‘सिनेमामा केही साथीको कथा देखाइनेछ । जसका लागि जोयालाई सुहानाका अलावा केही युवा कलाकारको आवश्यकता छ । उनले बाँकी कलाकारको खोजी गरिरहेकी छन् । तर, जोयाले सुहानालाई कास्ट गर्ने मन बनाएकी छन् छिन् । यदी सुहाना र शाहरुखलाई स्क्रिप्ट मनपर्यो भने बाँकी कागजी काम पनि पुरा हुनेछन् । सिनेमा थिएटरमा नभई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ’, स्रोतले भने ।

सुहानाले यसअघि सर्ट सिनेमा ‘द ग्रे पार्ट अफ ब्लू’मा काम गरिसकेकी छन् । सुहाना अभिनेत्री बन्नका लागि लण्डनमा पढिरहेकी छन् । शाहरुखका छोरा आर्यन पनि निर्माता बन्न चाहन्छन् ।

-एजेन्सी