र्‍याप म्युजिक रियालिटी शो ‘नेपहपको श्रीपेच’को घोषणा

र्‍याप म्युजिक रियालिटी शो ‘नेपहपको श्रीपेच’को घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा पहिलो पटक र्‍याप रियालिटी शो हुने भएको छ । ‘नेपहपको श्रीपेज’ नामक र्‍याप म्युजिक रियालिटी शो प्रसारण हुन लागेको हो ।

डिस होम र मिडिया एकेडेमीको सहकार्यमा आयोजना हुन लागेको शोका लागि निर्माण टिमले नेपालका केही ठुला सहरहरूमा गएर पनि अडिसन लिने जानकारी गराएका छन् । साथै कोरोना महामारीका कारण प्रत्यक्ष रुपमा उपस्थित भई अडिसन लिन नमिल्ने ठाउँमा डिजिटल अडिसन हुनेछ ।

भोटिङ पार्टनरको रूपमा आ .एम. इ पे रहेको छ । भने डिसहोम फाइबर नेट र आ .एम. इ रेमिट सहयोगी प्रायोजकको भूमिकामा रहेका छन् । शोमा निर्णायकको रूपमा र्‍यापर बालेन शाह र गिरिस् खतिवडासँग सम्झौता भएको छ । भने बाँकी एक निर्णायक छनौट हुन बाँकी छ ।

उक्त रियालिटी शोको विजेताले १० लाख र उपविजेता ले ५ लाख प्राप्त गर्ने निर्माण पक्षले जनाएको छ ।