‘मलाई किस गरेर थाकेको महसुस हुन थाल्यो’: इमरान

‘मलाई किस गरेर थाकेको महसुस हुन थाल्यो’: इमरान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता इमरान हाशमी किसिंग सीनको कारण चर्चामा रहन्छन् । उनले आफ्नो हरेक सिनेमामा अभिनेत्रीसँग किस गरेका छन् । हरेक सिनेमामा अभिनेत्रीलाई किस गरेकै कारण उनले बलिउडको ‘सीरियल किसर’को ट्रयाग पाएका छन् ।

‘करियरको शुरुवाती १० वर्षमा म यस्तो सिनेमा गरिरहेको थिए, मैले आफैलाई सीरियल किसरको ट्रयाग मजाकमै दिएको थिए । पछि मिडियामा फैलियो । २००३ मा एक अभिनेताले सबै अभिनेत्रीसँग किस गरेका कुरा ठूलो हुन्थ्यो । त्यसैले यो चर्चाको विषय बन्यो’, उनले भने ।

उनले किसिंग सीन दिदा थाकिसकेको बताउदै भने, ‘समय बित्दै जादाँ मलाई किस गरेर थाकेको महसुस हुन थाल्यो । म अहिले एक अभिनेताको रुपमा परिपक्क हुँदैछु । तर त्यस्तो कहानी छान्नको लागि मजबूर छु किनकी हाम्रो इन्डस्ट्रीमा त्यस्तै चिज चल्छ ।’

अभिनेता इमरान आगामी सिनेमा ‘चेहरे’मा देखिदैछन् । सिनेमामा अमिताभ बच्चन र रिया चक्रवर्तीको पनि अभिनय रहेको छ ।

-एजेन्सी