ड्रग्स प्रकरणमा अरमान कोहली प्रकाउ

ड्रग्स प्रकरणमा अरमान कोहली प्रकाउ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि ड्रग्स प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले लगातार जाँच गरिरहेको छ । शनिबार ड्रग्स प्रकरणमा एनसीबीले अभिनेता अरमान कोहलीको घरमा छापा मारेको थियो । साथै ब्युरोले हिरासतमा लिएर सोधपुछ गरेपछि उनलाई गिरफ्तार गरेको छ ।

भारतीय मिडियाका अनुसार कोहलीको घरबाट कोकीन समेत बरामद भएको छ । ड्रग्स सप्लायर अजय राजू सिंहको माध्यमबाट कोहलीको घरमा छापा मारिएको बताइएको छ ।

२०१८ मा पनि उनलाई प्रहरीले हिरासतमा लिएको थियो । उनलाई कानुन अनुसार घरमा १२ बोतलसम्म राख्ने अनुमति रहेकोमा घरमा नियम विपरित ४१ बोतल विदेशी ब्राण्डका स्कच ह्विस्की राखेको आरोपमा हिरासतमा लिइएको थियो । उनी यसअघि आफ्नी प्रेमिका नीरु रन्धावालाई मारपिट गरेको आरोपमा पनि पक्राउ परेका थिए । तर, पछि नीरुले केस फिर्ता लिएकी थिइन् ।

-एजेन्सी