रुविनाको डेब्यू सिनेमा ‘अर्ध’को छायांकन सुरु

रुविनाको डेब्यू सिनेमा ‘अर्ध’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पलास मुछालको डेब्यू निर्देशनमा बन्न लागेको सिनेमा ‘अर्ध’को छायांकन सुरु भएको छ । यहिँ सिनेमाबाट ‘बिग बोस–१४’ की विजेता रुविना दिलाइक डेब्यू गर्दैछिन् ।

मंगलबार निर्माण टिमले रुविना प्रस्तुत पोस्टर सार्वजनिक गर्दै सिनेमाको छायांकन सुरु भएको जानकारी दिएका हुन् । यस सिनेमामा रुविनासँगै हितेश तेजवानी, राजपाल यादव, कुलभूषण खरबन्दालगायतको अभिनय रहनेछ ।

रुविना हाल टेलिसिरियल ‘शक्ति’मा काम गरिरहेकी छन् । सानो पर्दामा लामो समयदेखि सक्रिय रुविनाले ‘छोटी बहु, राधिका शास्त्री, जीनी और जूजू, पुन विवाह २’ लगायत टेलिसिरियलमा काम गरिसकेकी छन् ।