अधुरै रह्यो सिद्धार्थका यी पाँच प्रोजेक्ट्स

अधुरै रह्यो सिद्धार्थका यी पाँच प्रोजेक्ट्स

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको ह्दयघातका कारण बिहिबार निधन भयो । ४० वर्षको उमेरमा उनको निधन भएको हो ।
सिद्धार्थको निधनले उनको परिवार, आफन्त तथा फ्यान स्तब्ध भएका छन् । उनी व्यस्त कलाकार थिए । गत साता मात्रै उनी डान्स रियालिटी शो ‘डान्स दिवाने ३’ र ‘बिग बोस ओटीटी’मा देखिएका थिए । त्यस्तै, उनी केहि प्रोजेक्टहरुका कारण चर्चामा थिए । जुन, उनको मृत्यका कारण अधुरै रहने भयो ।

जेनिफर विङ्गेटसँग ओटीटी शो
केहि समय अगाडी टीभी अभिनेत्री जेनिफर विङ्गेट र सिद्धार्थ शुक्ला एक ओटीटी प्रोजेक्टमा देखिने चर्चा थियो । तर, यसको आधिकारिक घोषणा गर्न बाँकी थियो ।

पंकज त्रिपाठी र मोनिका डोगरासँग ओटीटी शो
सिद्धार्थ बलिउड अभिनेता पंकज त्रिपाठी र मोनिका डोगरासँग ओटीटी शो गर्न तयारीमा थिए । यो शो डिज्नी प्लस हटस्टारमा स्ट्रीम हुने भनिएको थियो ।

शहनाज गिलसँग म्यूजिक भिडियो
सिद्धार्थ र शहनाज गिल रियालिटी शो ‘बिग बोस १३’बाट नजिकिएका थिए । ‘बिग बोस’पछि उनीहरु एक साथ काम गरिरहेका थिए । ‘भुला दूङ्गा’ र ‘सोना सोना’ बोलको म्यूजिक भिडियोमा उनीहरु एक साथ देखिएका थिए । त्यस्तै, उनीहरु अर्काे म्यूजिक भिडियोको तयारीमा थिए ।

शहनाज गिलसँग ओटीटी शो
सिद्धार्थ र उनकी प्रेमिका शहनाज गिल एक ओटीटी शोमा देखिने चर्चा थियो । भारतीय मिडियाको अनुसार उनीहरुले निर्माता सौरभ तिवारीको एक वेब सीरीज साइन गरेका थिए ।

ऐस अफ स्पेस
सिद्धार्थ एमटीभीको चर्चित शो ‘एसे अफ स्पेस’मा देखिदै थिए । पहिला यस शोलाई विकास गुप्ताले होस्ट गर्दै आएका थिए ।

-एजेन्सी