शोभितको सिनेमा ‘डाँडाको वरपीपल’को गीतमा सलोन र रुविना

शोभितको सिनेमा ‘डाँडाको वरपीपल’को गीतमा सलोन र रुविना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेत निर्देशित सिनेमा ‘डाँडाको वरपीपल’ गीत ‘झुसेली जुँगा ओठ माथि’को छायांकन भइरहेको छ । छायांकन सेटबाट अभिनेता सलोन बस्नेत र अभिनेत्री रुविना थापाको केहि तस्बिर बाहिरिएको छ ।


चित्लाङमा छायांकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेतलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनले जुँगा लगाएका छन् । दसैंमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने सिनेमाको गत भदौ ७ बाट छायांकन सुरु भएको थियो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् ।

६० दिनको छायांकन सेड्युल रहेको सिनेमा काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । सिनेमामा सलोन र रुविनासँगै शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरी, अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहने छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने सिनेमामा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहने सिनेमामा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया\एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।