डिसेम्बरमा विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज

डिसेम्बरमा विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  ‘बिग बोस १३’ का विजेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण सेप्टेम्बर २ मा निधन भयो । उनको निधनपछि उनी आफ्नी प्रेमिका गायिका तथा मोडल शहनाज गिलसँग विवाहको तयारीमा रहेको खुलेको छ ।

भारतीय मिडिया अनुसार उनीहरुले इंगेजमेन्ट गरिसकेको र आउँदो डिसेम्बरमा विवाह गर्ने तयारी सुरु गरिसकेको बताइएको छ । उनीहरु दुवैले आफ्नो परिवारलाई विवाहको तयारी गर्न भनिसकेका थिए । मुम्बईमा तीन दिनसम्म उनीहरुको विवाहको कार्यक्रम आयोजना गर्नलाई होटल समेत बुक गरिएको थियो ।

बिग बोसकै प्रतिस्पर्धीसमेत रहेका गायक अबू मलिकले शहनाज र सिद्धार्थको विवाहको खबरलाई पुष्टि गरेका छन् । भारतीय मिडियासँगको कुराकानीमा उनले सिद्धार्थ र शहनाज २०२० मार्चदेखि नै विवाहको लागि तयारी गरिरहेको बताएका छन् ।

सिद्धार्थको निधनपछि उनकी प्रेमिका शहनाज निकै गम्भिर अवस्थामा छिन् ।

-एजेन्सी