बलिउड अभिनेता अक्षयलाई मातृशोक

बलिउड अभिनेता अक्षयलाई मातृशोक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक परेको छ । उनकी आमा अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको हो ।

अक्षय स्वयंले सामाजिक सञ्जाल मार्फत आफ्नी आमाको निधन भएका जानकारी दिएका छन् । ‘उहाँ मेरो अस्तित्वको आधार हुनुहुन्थ्यो । आज म मेरो अस्तित्वमै असहनीय पीडा महशुस गरिरहेको छु । मेरी आमा श्रीमती अरुणा भाटियाले आज सहजरुपमा यो संसार छोडेर मेरो पितासँग फेरि भेट्न जानुभयो । म र मेरो परिवार जुन दुःखमा गुज्रिरहेका छौं । यसमा म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु । ओम शान्ति’, उनले ट्वीटर र इन्स्टाग्राममा लेखेका छन् ।

अक्षयको आमालाई मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । यसै कारण लण्डनमा सुटिङ भइरहेको सिनेमा ‘सिण्डरेला’को काम छोडेर अक्षय मुम्बई आएका थिए ।