कमेडी च्याम्पियन २ का विजेता बने भरतमणि पौडेल

कमेडी च्याम्पियन २ का विजेता बने भरतमणि पौडेल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’का विजेता भरतमणि पौडेल बनेका छन् । शनिबार राती सम्पन्न फाइनलमा आफ्ना दुई प्रतिस्पर्धीहरु विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेल विजेता बनेका हुन् ।

विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरेका थिए । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए । उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।

पहिलो सिजनको कमेडी च्याम्पियन हिमेश पन्तले जितेका थिए । कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा थिए ।