‘टुल्की’को टिजर सार्वजनिक

‘टुल्की’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा टुल्कीको फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ । गत बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सिनेमाको फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक गरिएको हो । टिजर हेर्नुहोस् :

माथिल्लो डोल्पामा छायांकन गरिएको सिनेमामा बहुपति प्रथाको कथालाई देखाइएको छ । सिनेमाको टाइटल क्यारेक्टरमा स्वस्तिमा कार्की छिन् । उनले यही सिनेमाबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । देवजंग थापाको निर्देशन रहेको सिनेमामा शिशिर वाङ्देल, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको पनि अभिनय छ । आर.पी कर्माचार्य र शेखर लामाको लगानी रहेको सिनेमालाई निर्देशक थापाले नै छायांकन गरेका हुन् ।

लक्ष्मण सुनुवारको कथा, संजिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ । सिनेमालाई नेपालभन्दा पहिला विदेशका विभिन्न ठाउँमा प्रदर्शन गरिने निर्माता शेखर लामाले बताए । सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शनको जिम्मेवारी श्रीदेव विएलले लिएका छन् । सबैभन्दा पहिला सिनेमा यूकेमा प्रदर्शन हुनेछ ।