आमाबुबासहित ११ जनाविरुद्ध थलापति विजयको उजुरी

आमाबुबासहित ११ जनाविरुद्ध थलापति विजयको उजुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय अभिनेता थलापति विजयले मद्रासको हाइकोर्टमा आफ्नै आमाबुबाविरुद्ध उजुरी दर्ता गराएका छन् । उनले आमाबुबासँगै अन्य ११ जना व्यक्तिविरुद्ध पनि उजुरी दिएका छन् ।

आमाबुबाले राजनीतिक पार्टीमा आफ्नो नाम जोडेको उनको आरोप छ। उनले आफ्नो याचिकामा भनेका छन्, ‘पिता एसए चन्द्रशेखर, आमा शोभा समेत ११ जनाले मेरो नामको प्रयोग गरेर कुनै सभाको आयोजना या भीड जम्मा नगरुँन । कोर्टमा यस मुद्धाको सुनवाई २७ सेक्टेबरमा राखिएको छ ।’

उनका बुबा एसके चन्द्रशेखरले सन् २०२० मा एक राजनीतिक पार्टी सुरु गरेका थिए । यो पार्टीको नाम ‘अल इण्डिया थलापति विजय मक्कल इयक्कम’ राखिएको छ । चुनाव आयोगमा दर्ता भएको दस्तावेजमा यो चुनावी पाटीको जनरल सेक्रेटरीमा विजयको पिताको नाम छ । उनकी आमा शोभा चन्द्रशेखरलाई कोषाध्यक्ष पदमा राखिएको छ ।

केही समयअघि विजयले यो चुनावी पार्टीमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका थिए । उनले आफ्ना शुभचिन्तकलाई उक्त पार्टीमा आफ्नो नाम देखेर नजोडिन आग्रह गरेका थिए ।

-एजेन्सी