जमानतमा छुटे शिल्पाका पति राज कुन्द्रा

जमानतमा छुटे शिल्पाका पति राज कुन्द्रा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा जमानतमा छुटेका छन् । पोर्न सिनेमा निर्माण आरोपमा उनलाई करिब ६० दिन अगाडी प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।

भारतीय मिडियाका अनुसार मुम्बई हाई कोर्टले राज कुन्द्रालाई ५० हजार भारु जरिवानासहित जमानत दिएको हो । कुन्द्रासँगै उनको सहकर्मी रयान थोर्पलाई पनि अश्लील सिनेमा निर्माणको मुद्धामा जमानत दिइएको छ ।

कुन्दाले १८ सेक्टेम्बरमा अदालतमा एक जमानत याचिका पेश गरेका थिए । अश्लिल सिनेमा निर्माणमा उनको सक्रिय रुपमा सामेल हुने प्रमाण नजुटेपछि कुन्द्राले जमानत पाएका हुन् ।