सन्तोष अधिकारीको ‘म नेपाल हो’ सार्वजनिक

सन्तोष अधिकारीको ‘म नेपाल हो’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत ‘म नेपाल हो’को भिडियो सार्वजनिक भएको छ । गीतलाई असाप इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीत हेर्नुहोस् :

अजय अधिकारीको शब्द रहेको गीतमा बादल थापा मगर र सुविन सेञ्चुरीको संगीत तथा स्वर रहेको छ । गीतलाई सुविन सेञ्चुरीले एरेञ्ज गरेका हुन् । निशान कस्यपको निर्देशन रहेको गीतको भिडियोमा सन्तोष अधिकारीका साथै कञ्चन भुजेल र जस्मिन मुसेओटले अभिनय रहेको छ । गीतमा अभिनेता अधिकारीले २० भन्दा बढी क्यारेक्टरमा अभिनय गरेका छन् ।

उत्तम हुमागाईको छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशक कस्यप स्वयमले सम्पादन गरेका हुन् ।

निर्माता अधिकारीको लगानी रहेको सिनेमा ‘तीन जन्तु’ प्रदर्शनको पखाईमा छ । भने उनले ‘आमा’ र ‘घर’मा सह निर्माताको रुपमा काम गरेका छन् ।