पायल घोषमाथि एसिड आक्रमणको प्रयास

पायल घोषमाथि एसिड आक्रमणको प्रयास

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय अभिनेत्री पायल घोषले हालै आफूमाथि एसिड आक्रमणको प्रयास भएको बताएकी छन् ।

भारतीय मिडियाका अनुसार औषधि किनेर घर फर्कदै गर्दा नकाब लगाएका मानिसले पायलमाथि एसिड छ्याप्ने प्रयास गरेका थिए । पायलले आफूमाथि आक्रमण भएको बताएको भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छन् । जसमा उनले भनेकी छन्, ‘नमस्ते, म पायल घोष हुँ र हिजो म केहि औषधि किन्न बाहिर गएको थिएँ । जब म मेरो ड्राइभरको सिटमा बस्न खोज्दै थिएँ, केहि मानिसहरु आए र मलाई आक्रमण गर्न खोजे । उनीहरुको हातमा एउटा बोतल थियो । मलाई थाहा छैन त्यो के थियो । मलाई शंका छ कि शायद एसिड वा केहि । उनीहरुले मलाई रडले हिर्काउन खोजे । मैले आफूलाई बचाउने भाग्ने कोसिस गरें र चिच्याएँ, त्यसैले रड मेरो देब्रे हातमा खस्यो र म घाइते भएँ । सम्भवतः आज म एफआईआर गर्न पुलिस स्टेशन जान्छु ।’

उनले यसविरुद्ध कडा कदम चाल्नेसमेत बताएकी छन् । उनी पछिल्लो पटक २०१४ मा सिनेमा ‘थेरोडम वीधियाइल’मा देखिएकी थिइन् ।

-एजेन्सी