जमानतमा छुटे ड्रग्स केसमा प्रक्राउ परेका गौरव

जमानतमा छुटे ड्रग्स केसमा प्रक्राउ परेका गौरव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अगस्तमा ड्रग्स केसमा प्रक्राउ परेका टीभी अभिनेता गौरव दीक्षित जमानतमा छुटेका छन् । मुम्बईको एक कोर्टले गौरवलाई ५० हजार भारु जरिवानासहित जमानत दिएको हो ।

जमानत दिदै कोर्टले गौरवलाई कोर्टको अनुमति बिना शहर छोडेर जान नपाउने बताएको छ । साथै गौरवलाई हरेक सोमबार, बुधबार र शुक्रबार एनसीबी अफिसमा हाजिरी हुने आदेश दिएको छ । गौरवले चार्टशीट दाखिल नहुँदासम्म एनसीबी अफिसमा हाजिरी दिनुपर्ने छ ।

गौरवको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले छापा मार्दा उनको घरबाट ड्रग्स बरामद गरेको थियो । त्यसपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो । गौरव अभिनेता एजाज खानलाई ड्रग्स सप्लाई गर्थे ।

-एजेन्सी