‘प्रेम गीत–३’का अभिनेता राउत स्टान्डअप शो निर्देशन गर्दै

‘प्रेम गीत–३’का अभिनेता राउत स्टान्डअप शो निर्देशन गर्दै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘प्रेम गीत–३’बाट अभिनय यात्रा शुरु गरेका अभिनेता मनिष राउतले स्टान्डअप शो ‘इएफए स्टान्डअप’ निर्देशन गरिरहेका छन् । सिनेमा रिलिज नभएपनि उनी विभिन्न ब्रान्डसँग जोडिएका छन् । उनै, राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिंग ब्राण्ड ‘डक्टर डेनिम’ले उनको शोलाई प्रमूख प्रायोजन गरेको छ ।

काठमाडौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शोको निर्माण गरेको हो । यो स्टान्डअप चलिरहेका शोहरु भन्दा पृथक रहेको निर्देशक राउतले बताए । शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने उनले बताए । शोका केहि श्रृंखला सार्वजनिक गरिएको छ ।

‘इएफए इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलबाट साप्ताहिक रुपमा यो श्रृंखला आउनेछ । शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुकै सहभागिता रहने जनाइएको छ ।

वरिष्ठ छायांकार गौरि शङ्कर धुजुको डिओपी रहेको शोमा सौरभ पोखरेल, रन्जन कक्षपति र विकास सिटौलाले क्यामेरा चलाईरहेका छन् । रोहन कुमाल सम्पादक हुन् । निर्माता विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी हुन् ।