असोज २१ गतेदेखि देशभरको सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय

असोज २१ गतेदेखि देशभरको सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण बन्द भएका सिनेमा हलहरु असोज २१ गते (घटस्थापना)का दिनदेखि खुल्ने भएका छन् । आइतबार बसेको बैठकमा नेपाल चलचित्र संघले घटस्थापनादेखि हल खुलाउने निर्णय गरेको हो ।

निर्माता र वितरकहरु सहित संयोजक अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले ६ बुँदे निर्णय समेत सार्वजनिक गरिएको छ । संघले नेपाली सिनेमा प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को सिनेमा रिलिज गर्ने पाइने नियम बनाएको छ । यस्तै, नेपाली सिनेमाले रिलिजको मिति तोकिएको समयमा हलिउड तथा बलिउड सिनेमाहरु रिलिज गर्न नपाइने बताइएको छ ।

स्वदेशी तथा विदेशी सिनेमाको शेयर बाँडफाँटको हकमा पहिलो हप्ता निर्माता वा वितरकलाई ५५ प्रतिशत शेयर वितरण गरिने र दोश्रो हप्ताबाट ५० प्रतिशत शेयर वितरण गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकले आगामी ३ महिनानाभित्र प्रदर्शन गरिने सिनेमाहरुको प्रदर्शन मिति असोज २० गतेभित्र घोषणा हुनेपर्ने निर्णय गरेको छ ।