सुवेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार–२०२०’

सुवेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार–२०२०’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तुलसी मिडियाले आयोजना गर्न लागेको ‘नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१’ मा रंग पत्रकार द्धय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत हुने भएका छन् । आगामी असोज १८ गते काठमाडौंको चन्द्रागिरीमा आयोजना हुने अवार्ड समारोहमा उनीलाई नगद राशी सहित ‘पत्रकारिता पुरस्कार–२०२०’ बाट सम्मान गर्न लागिएको हो ।

विगत झण्डै दुई दशकदेखि अनवरत रुपमा पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले बताए । विभिन्न साप्ताहिक, मासिक, पाक्षिक पत्रिका हुँदै टेलिभिजन तथा नयाँ पत्रिका दैनिकमा लामो समय पत्रकारिता गरेका सुवेदी र पछिल्लो केही वर्षयता रातोपाटी डटकममा कार्यरत गिरीले यसअघि पनि थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको अवार्डको उत्कृष्ट ५ मनोनयन केही समय अघिनै सार्वजनीक भइसकेको छ । विभिन्न ३६ विधामा अवार्ड प्रदान गरिने अवार्डले नेपाली गीत संगीतको प्रबद्र्धन गर्दै यस क्षेत्रलाई चलायमान बनाउन प्रभावशाली भूमिमा खेल्ने विश्वास आयोजक संस्थाको छ । अवार्ड समारोहमा गीत संगीत, सिनेमा लगायतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहने जनाइएको छ ।