समान्था र नागा चैतन्यले गरे डिभोर्सको घोषणा

समान्था र नागा चैतन्यले गरे डिभोर्सको घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केहि समय अघिदेखि दक्षिण भारतीय सिनेमाका चर्चित जोडी नागा चैतन्य र समान्था अक्किनैनीको डिभोर्स खबर बाहिरिएको थियो । हालै, अभिनेत्री समान्थाले आफूहरुले डिभोर्सको निर्णय लिएको जानकारी दिएकी छन् ।

उनले इन्स्टाग्राममार्फत् नागा र उनको सम्बन्ध छुट्टिएको बताएकी छन् । उनले लेखेकी छन्, ‘मेरा सबै शुभचिन्तकहरुको लागि । कैयौं विचार र विमर्शपछि मैले आफ्नो पतिसँग अलग हुने निर्णय लिएको छु । ताकी हामी दुई आफ्नो करियरमा अगाडी बढ्न सकौं । करिब १० वर्ष भन्दा पुरानो मित्रता हाम्रो सम्बन्धको मूल हिस्सा थियो । मलाई लाग्छ, यस्तै मित्रता जिन्दगीभर रहनेछ । म यो कठिन समयमा साथ दिनको लागि शुभचिन्तक र मीडियालाई अपिल गर्दछु ।’

समान्था र नागाले सन् २०१७ को अक्टोबर ६ मा विवाह गरेका थिए । विवाहको चौंथो वार्षिकोत्सव मनाउनुअघि नै दुईको बन्धन टुटेको छ ।