मुम्बई क्रुज ड्रग्स प्रकरणमा शाहरुख खानका छोरा आर्यन पक्राउ

मुम्बई क्रुज ड्रग्स प्रकरणमा शाहरुख खानका छोरा आर्यन पक्राउ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मार्दा बलिउड अभिनेता शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त जहाजमा ड्रग्स पार्टी चलिरहेको थियो ।

छापा मारिएको जहाज तीन दिनको संगीत यात्राका मुम्बईबाट गोवा जादै थियो । भारतीय मिडियाको अनुसार शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन । तर, उनको मोबाइल एनसिबीले जाँचबुझको लागि नियन्त्रणमा लिएको छ ।

-एजेन्सी