एनसीबीको दाबी- इन्टरनेशनल ड्रग्स ट्राफिकिङ्गमा सामेल छन् आर्यन

एनसीबीको दाबी- इन्टरनेशनल ड्रग्स ट्राफिकिङ्गमा सामेल छन् आर्यन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नार्काेटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई ७ अक्टोबरसम्म हिरासतमा राख्ने अनुमति पाएको छ । उनीसँगै प्रक्राउ परेका मुनमुन धामेचा र अरबाज मर्चेन्टलाई पनि हिरासतमै राखिने छ ।

एनसीबीले आर्यन, अरबाज र मुनमुन इन्टरनेशनल ड्रग्स ट्राफिकिङ्ग सामेल भएको दाबी गरेको छ । एनसीबीले कोर्टको सुनवाईमा ड्रग्स सप्लायर र कन्ज्यूमर कनेक्सनको खुलासा गर्न उनीहरुलाई हिरासतमा राख्ने अनुमति मागेको हो । सबै आरोपीलाई एक साथ राखेर सोधपुछ गरिने बताइएको छ ।

एनसीबीले आर्यनको वाट्सएप च्याटमा ड्रग्सको पेमेन्ट गर्न कुरा भेटेको छ । जसमा उनीहरुले कोडवर्डसको प्रयोग गरेका छन् ।

आर्यनको वकिल सतिश मानेशिन्देले आर्यनको साथबाट ड्रग्स बरामद नभएको र एनसीबीले रेड मार्दा उनले भाग्ने कोशिस पनि नगरेका भन्दै बचाउ गरेका छन् । साथै उनले अरबाजको साथमा भेटिएको ६ ग्राम चरेससँग आर्यनको कुनै लेना-देना नभएको बताएका छन् ।

-एजेन्सी