‘पत्रकारिता पुरस्कार– २०२०’बाट सुवेदी र गिरी सम्मानित

‘पत्रकारिता पुरस्कार– २०२०’बाट सुवेदी र गिरी सम्मानित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’मा रंग पत्रकारद्वय लक्ष्मण सुवेदी र कुवेर गिरी पुरस्कृत भएका छन् । तुल्सी मिडियाले आयोजना गरेको अवार्ड समारोहमा उनीहरुलाई नगद राशी सहित ‘पत्रकारिता पुरस्कार– २०२०’ बाट सम्मान गरिएको हो ।

सोमबार चन्द्रागिरी हिल्स रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा पत्रकारिता पुरस्कार सहित ३५ वटा रेगुलर विधामा र जुरी अवार्डमा समेत पुरस्कार वितरण गरियो । विगत झण्डै दुई दशकदेखि अनवरत रुपमा पत्रकारिता गर्दै आइरहेका सुवेदी र गिरीलाई उनीहरुले मनोरञ्जन पत्रकारिताको क्षेत्रमा दिएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको आयोजक संस्थाका प्रमुख तथा अवार्ड संयोजक नवराज भण्डारीले बताए ।

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्र ढकाल, कलाकार निर्देशक कृष्ण मल्ल, अभिनेत्री शर्मिला मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, पुर्व बोर्ड अध्यक्ष राज कुमार राई, निर्देशक मिलन चाम्स लगायत सिनेमा तथा संगीतकर्मीको बाक्लो उपस्थिति रहेको थियो । अवार्डको जुरी टिममा निर्देशक जनकदिप पराजुली, संगीतकार तथा एरेन्जर राहुल प्रधान र गायक सुमन शेखर मानन्धर रहेका थिए ।