तत्काल रिलिज हुने सिनेमालाई चलचित्र विकास बोर्डको राहत

तत्काल रिलिज हुने सिनेमालाई चलचित्र विकास बोर्डको राहत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जिल्ला प्रशासन कार्यलयले एक महिना अगाडी नै उपत्यकाका सिनेमा हल खुलाउन अनुमति दिएपनि हल सञ्चालमा आएको छैन । कोरोना महामारीका कारण ठप्प रहेको सिनेमा क्षेत्रलाई चलायमान बनाउनको लागि असोज २१ गतेबाट देशभरकै सिनेमा हलहरु खुल्ने भएका छन् ।

चलचित्र विकास बोर्डले मंगलबार पत्रकार सम्मेलन गर्दै तल्काल रिलिज हुने सिनेमाको लागि राहत प्याकेज घोषणा गरेको छ । बोर्डले हल खुलेको तीन महिनाभित्र रिलिज हुने सिनेमालाई छपाई, प्रचार सामग्री र प्रचारप्रसारको लागि ७ लाख बराबरको राहत दिने भएको छ । साथै विकास बोर्डले सिनेमा छायांकनमा समेत प्रोजेक्ट बिमा उपलब्ध गराउने भएको छ । अब छायांकनमा जाने सिनेमाले बोर्डबाट डेढ लाखसम्मको ‘प्रोजेक्ट बिमा’ पाउनेछन् ।

अर्थ मन्त्रालयसँग प्रोजेक्ट लोनको कुरा पनि अगाडि बढिरहेको बोर्डका अध्यक्ष दयाराम दाहाल बताए । गठबन्धन सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको ‘राहत प्याकेज’ अन्तर्गत कोरोनाका कारण सिनेमा क्षेत्रमा भएको क्षतिको वितरण बोर्डसँग मागेको छ । छिट्टै सरकारले सिनेमा क्षेत्रसँग सम्बन्धित राहत प्याकेज ल्याउनेमा उनको विश्वास छ ।