आजदेखि देशभरका सिनेमा हल खुल्यो

आजदेखि देशभरका सिनेमा हल खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण बन्द रहेका देशभरका सिनेमा हलहरु आज घटस्थापनादेखि खुलेका छन् । काठमाडौं, पोखरासहित ठूला सहरका मल्टिप्लेक्सले १ बजेदेखि सिनेमा प्रदर्शन सुरु गरेका छन् ।

हलमा आजदेखि हलिउड सिनेमा ‘फास्ट एण्ड फ्यूरियस ९’ र ‘नोबडी’ प्रर्दशन भएको छ । यस्तै, असोज २६ गतेदेखि नेपाली सिनेमा ‘डाँडाको वरपीपल’ र २८ गतेदेखि हलिउड सिनेमा ‘नो टाइम टु डाइ’ प्रदर्शन हुनेछ ।

जिल्ला प्रशासन कार्यलयले एक महिना अगाडी नै उपत्यकाका सिनेमा हल खोल्न अनुमति दिएपनि सिनेमा हल सञ्चालनमा आउन सकेको थिएन । सिनेमा क्षेत्रलाई चलायमान बनाउनको लागि चलचित्र संघको निणर्यमा असोज २१ गतेदेखि देशभरका सिनेमा हल खोलिएको हो ।