शाहरुखका छोरा आर्यन थप १४ दिन न्यायिक हिरासतमा

शाहरुखका छोरा आर्यन थप १४ दिन न्यायिक हिरासतमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ड्रग्स केसमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित अन्य ८ जनालाई थप १४ दिन न्यायिक हिरासतमा राख्न मुम्बई अदालतले अनुमति दिएको छ । साथै अदालतले आरोपीको कस्टडी नार्कोटिक्स कन्ट्रोल ब्यूरोलाई दिन अस्विकार गरेको छ । यो भन्दा पहिला एनसीबीले आर्यनसहित ८ आरोपीको ११ अक्टोबरसम्म कस्टडीको माग गरेको थियो ।

शुक्रबार अपरान्ह अदालतले धरौटीका लागि आर्यनले गरेको अपिलबारे सुनुवाइ गर्नेछ । यस केसमा आर्यनको अलवा उनका साथी अरबाज मर्चेन्ट, विक्रान्त छोकर, गोमित चोपडा, इश्मीत सिंह चड्ढा, मोहक जायसवाल, मुनमुन धामीचा र नूपुर सतीजा सामेल छन् ।

एनसीबीको अनुसार क्रूज ड्रग्स केसमा हालसम्म १७ आरोपी गिरफ्तार भइसकेका छन् । बुधबार राति एनसीबीले एक विदेशी नागरिकलाई हिरासतमा लिएको छ । उनीमाथी क्रूजबाट गिरफ्तार भएका व्यक्तिहरुलाई ड्रग्स सप्लाई गर्ने आरोप छ । यस केसमा अन्यलाई पक्राउ गरिरहेको छ र यसबारे अनुसन्धान भैरहेको जनाएको छ ।

ब्यूरोले अक्टोबर ३ मा एक क्रूज सिपमा भैरहेको ड्रग्स पार्टीबाट आर्यनसहित अन्यलाई पनि पक्राउ गरेको थियो ।

-एजेन्सी