बैवाहिक बन्धनमा बाँधिए निर्देशक थापा र सुप्रिया कटुवाल

बैवाहिक बन्धनमा बाँधिए निर्देशक थापा र सुप्रिया कटुवाल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक सुदर्शन थापाले विवाह गरेका छन् । असोज २२ गते उनले समाचार वाचिका सुप्रिया कटुवालसँगै विवाह गरेका हुन् ।

गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा भइरहेको विवाह समारोहमा दुई पक्षका परिवार र केही सिनेमाकर्मीहरुको उपस्थिति रहेको छ । यो जोडीले शनिबार नक्सालको एक बुटिक होटलमा आफन्त, इष्टभित्र, साथीभाई र सिनेमाकर्मीका लागि रिसेप्सन पार्टी राखेको छ ।

‘मेरो एउटा साथी छ, प्रेम गीत, म यस्तो गीत गाँउछु, रामकहानी’ लगायत लगभग दर्जन भन्दा बढी सिनेमा निर्देशन गरेका सुदर्शन अभिनेता तथा निर्माता पनि हुन् । उनी लभ स्टोरी सिनेमाका लागि माग भएका राम्रा निर्देशक हुन् ।

त्यस्तै, सुप्रिया केही वर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् । हाल उनी एपी वान् टेलिभिजनमा समाचार वाचिका छिन् ।

तस्बिर : उद्धव रसाईली