‘चुरिफुरी’ पौष ९ गते रिलिज हुने

‘चुरिफुरी’ पौष ९ गते रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋषिराज आचार्य निर्देशित सिनेमा ‘चुरिफुरी’को रिलिज डेट तय गरिएको छ । सिनेमा आउँदो पौष ९ गते देखि रिलिज हुने भएको छ ।

मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रमबाट निर्देशक आचार्यले सिनेमाको रिलिज डेट घोषणा गरेका हुन् । सिनेमामा अभिषेक श्रेष्ठ, रविन्द्र झा, सुबोध गौतम, राजिव जङ्ग बस्नेत, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा निर्देशक आचार्य र रिना ढकाल(भण्डारी)को लगानी छ । राहुल राईले छायांकन गरेको सिनेमालाई नवीन निरौलाले सम्पादन गरेका छन् ।