ड्रग्स केसमा अनन्याको घरमा एनसीबीको छापा

ड्रग्स केसमा अनन्याको घरमा एनसीबीको छापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छापा मारेको छ ।

भारतीय मिडिया अनुसार उनको बांद्राको घरमा छापा मारिएको हो । शाहरुख खानको छोरा आर्यन खानको क्रुज ड्रग्स पार्टी केसमा एनसीबीले छानबिन गर्दा अनन्याको नाम व्हाट्सएप च्याटमा भेटिएको थियो । व्हाट्सएप च्याटमा अनन्याको नाम आएपछि एनसीबीले उनको घरमा छापा मारेको हो । अनन्याको घरमा छापा मारेपछि एनसीबीको टिम शाहरुखको घरमा पुगेका छन् । एनसीबीले सोधपुछका लागि अनन्यालाई एनसीबी कार्यालयमा बोलाएको छ ।

अक्टोबर २ मा एनसीबीले क्रुज सिप ड्रग्स पार्टीमा छापा मारेर आर्यनसहित ८ आरोपीलाई पक्राउ गरेको थियो । मुम्बइ अदालतले दुईपटक आर्यनको जमानत अस्विकार गरेको छ । आगामी मंगलबार पुन यसबारे सुनुवाइ हुनेछ ।

-एजेन्सी