२२ अक्टोबर महाराष्ट्रमा सित्तैमा सिनेमा देखाइने

२२ अक्टोबर महाराष्ट्रमा सित्तैमा सिनेमा देखाइने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतको महाराष्ट्रमा २२ अक्टोबर अर्थात कार्तिक ५ गते देखि शतप्रतिशत अकुपेन्सीमा सिनेमा हल खुल्दैछ । सिनेमा हल खुल्ने खुशीयाली मनाउनको लागि इनोक्स हलले २२ अक्टोबर महाराष्ट्रमा सित्तैमा सिनेमा देखाउने भएको छ ।

सिनेमा क्षेत्र चलायमान बनाउनको लागि र दर्शकलाई हलसम्म तान्नको लागि महाराष्ट्रमा इनोक्स हलले सित्तैमा सिनेमा देखाउने निर्णय गरिएको हो । यस सेलिवेशनलाई ‘इनोक्स सेलिब्रेटिज् रिओपनिङ्ग अफ सिनेमाज् इन महाराष्ट्र’ नाम दिइएको छ । सित्तैमा सिनेमा हेर्नको लागि टिक्रेट इनोक्स एप र वेवसाइडमा पाइने व्यवस्था गरिएको छ ।

नेपालमा पनि निर्माता, निर्देशक, वितरक एक कदम पछाडी सरेर यस्तै अफर ल्याए दर्शकहरु हलसम्म आउने वातावरण बन्थ्यो कि !