‘चुरिफुरी’को पहिलो गीत ‘ओइ ओइ पियारी’ सार्वजनिक (भिडियो)

‘चुरिफुरी’को पहिलो गीत ‘ओइ ओइ पियारी’ सार्वजनिक (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ऋषिराज आचार्य निर्देशित सिनेमा ‘चुरिफुरी’को ‘ओइ ओइ पियारी’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएकोे हो । डन्सिङ नम्बरको गीतमा अभिनेता अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित लगायतको नृत्य छ । गीत हेर्नुहोस् :

बेनिशा पौडेल र समिर आचार्यको स्वर रहेको गीतमा निर्देशक आचार्य र दीपक शर्माको शब्द रहेको छ । भने गीतमा दीपक स्वयंले संगीत भरेका छन् । सिनेमामा अभिषेक श्रेष्ठ, रविन्द्र झा, सुबोध गौतम, राजिव जङ्ग बस्नेत, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्राचार्य, दिपक आचार्य, सुरबिर पण्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा निर्देशक आचार्य र रिना ढकाल(भण्डारी)को लगानी छ । राहुल राईले छायांकन गरेको सिनेमालाई नवीन निरौलाले सम्पादन गरेका छन् । यो सिनेमा आगामी पौष ९ गतेदेखि प्रदर्शन हुँदैछ ।