तीन सिनेमाको प्रदर्शन मिति घोषणा

तीन सिनेमाको प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – करिब दुई वर्षदेखि कोरोना महामारीका कारण थलिएको सिनेमा क्षेत्र अझै उठ्न सकेको छैन । पहिलो लकडाउनपछि केहि सिनेमा रिलिज भए । तर, ती सिनेमाले दर्शकलाई हलसम्म तान्न सकेन । दोस्रो लकडाउनपछि असोज २१ गतेदेखि सिनेमा हल सञ्चालनमा आएका छन् ।

सिनेमा हल सञ्चालनमा आएसँगै हलिउड सिनेमा ‘नो टाइम टु डाइ’, ‘फास्ट एन्ड फ्युरियस–९’ र नेपाली सिनेमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ प्रदर्शन भयो । हलिउड सिनेमाले बक्स अफिसमा औसत व्यापार गरेपनि नेपाली सिनेमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ बक्स अफिसमा असफल भएको छ ।

हालै तीन नेपाली सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छन् । तिहारको अवसर पारेर ‘धुम ४’ र ‘चोर र पुलिस’ प्रदर्शन हुने भएको छ । त्यस्तै, ‘चुरिफुरी’ पौष ९ गतेबाट प्रदर्शन हुने निर्माण टिमले बताएका छन् । यो भन्दा अगाडी ‘ए मेरो हजुर ४’ ले चैत्र २५ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

निर्माताहरुले ठूला सिनेमा रिलिज गर्ने हिम्मत जुटाउन नसक्दा सिनेमा हलमा चहलपहल बढ्ने सम्भावना कम छ ।