पूर्वयुवराज पारसलाई भेटेपछि भरतमणी भन्छन्, ‘साथी जस्तै हुनुहुदो रहेछ’

पूर्वयुवराज पारसलाई भेटेपछि भरतमणी भन्छन्, ‘साथी जस्तै हुनुहुदो रहेछ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘कमेडी च्याम्पियन सिजन २’का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेटघाट गरेका छन् । भरतमणीसँगै कमेडी च्याम्पियनको पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए ।

भरतमणीले पूर्वयुवराज पारससँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै साथी जस्तै भएको उल्लेख गरेका छन् । ‘एकदमै खुसी छु केही दिन अघि पुर्वयुवराज पारस शाहसंग भेट्घाट गर्ने अवसर मिल्यो, उहाँलाई भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौं, लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाँको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए, साच्चै नै भन्ने हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाई धेरै धेरै धन्यवाद’, उनले लेखेका छन् ।

भरतमणिले कमेडी च्याम्पियनमा पारसको क्यारिकेचर गरेका थिए । उनको क्यारिकेचरलाई दर्शकले निकै मन पराएका थिए ।