‘डान्स च्याम्पियन’को निर्णायक बन्दै निरुता

‘डान्स च्याम्पियन’को निर्णायक बन्दै निरुता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री निरुता सिंह डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’की निर्णायक बन्ने भएकी छन् । एक साता अगाडी उनी मुम्बईबाट नेपाल आएकी हुन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त शोको बारेमा जानकारी दिइयो । अभिनेत्री निरुताले आफू पहिलो पटक कुनै रियालिटी शोमा निर्णायकको रुपमा प्रस्तुत हुन पाउँदा खुशी लागेको बताइन् । यस शोमा उनको साथमा जगत रावल र आश्मा विश्वकर्मा पनि निर्णायकको रुपमा रहनेछन् ।

यो शोका लागि डिजिटल अडिसन भैसकेको छ । अब, मेगा अडिसनको छायांकन हुने निर्देशक गजित विष्टले बताए । ३४ भागको रहने यो शो मेगा अडिसनपछि उत्कृष्ट ३०, उत्कृष्ट २० हुँदै अगाडि बढ्नेछ । यो रियालिटी शोलाई इन्टरनेसनल डान्स एकेडेमी एन्ड फिल्मसले प्रस्तुत गर्न लागेको हो ।

तस्बिर : उद्धव रसाइली