पत्रकार सुवेदीलाई ‘सर्वोत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार’

पत्रकार सुवेदीलाई ‘सर्वोत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अधिराज्य मिडिया नेटवर्कले ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०७८’ आयोजना गर्ने अवार्डमा चलचित्र पत्रकार लक्ष्मण सुवेदीलाई ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार–२०७७’ प्रदान गरिने भएको छ ।

लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय सुवेदीलाई आयोजकले नगदसहित पुरस्कृत गर्न लागेका हुन् । पत्रकार सुवेदी चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्षसमेत हुन् ।

गीतसंगीत तथा सिनेमा सम्बन्धि विभिन्न ४४ विधामा अवार्ड प्रदान गरिने समारोह कार्तिक २५ गते राजधानीमा आयोजना हुने कार्यक्रम संयोजक केवल भुजेलले बताए । समारोहमा गीतसंगीतका ३० र सिनेमाका १४ गरी जम्मा ४४ विधामा अवार्ड प्रदान गरिनेछ ।

प्रतिस्पर्धात्म तथा जुरी अवार्डका साथै गीतसंगीत तथा सिनेमाका स्रष्टाहरुलाई सम्मान समेत प्रदान गरिने जनाइएको छ ।