कन्नड अभिनेता पुनीत राजकुमारको निधन

कन्नड अभिनेता पुनीत राजकुमारको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कन्नड सिनेमाका अभिनेता पुनीत राजकुमारको ४६ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार बिहान हार्ट अट्याक आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । केहि समय उपचार भएपछि उनको अस्पतालमै निधन भएको हो ।

उनले २९ भन्दा बढी कन्नड सिनेमामा काम गरेका छन् । पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए । उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् ।

उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका सिनेमामा अभिनय गरेका थिए ।