पत्रलेखासँग विवाह गर्दै राजकुमार

पत्रलेखासँग विवाह गर्दै राजकुमार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका अभिनेता राजकुमार राव र पत्रलेखा विवाह बन्धनमा बाँधिने भएका छन् । विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले नोभेम्बर १० मा विवाह गर्न लागेको हुन् ।

उनीहरूकाे विवाहमा आफन्त, निकटका साथी लगायत केही कलाकारकाे उपस्थित हुने भारतीय मिडियाले जनाएको छ । विवाहको खबर बाहिरिए पनि दुवैले आफ्नो विवाह बारेमा केही बताएका छैनन्।

‘लभ, सेक्स और धोका’ बाट बलिउडमा डेब्यू गरेका अभिनेता राव पछिल्लो समय प्रियंका चोपडासँग ‘द ह्वाइट टाइगर’, जान्ह्वी कपूरसँग ‘रुही’मा देखिएका थिए।

त्यस्तै, पत्रलेखाले बलिउडमा सिनेमा ‘सिटीलाइट’ बाट डेब्यू गरेकी थिइन्। उक्त सिनेमा उनलेे राजकुमारसँग अभिनय गरेकी थिइन् । उनले ‘लभ गेम्स, बदनाम गाली र नानुकी जानु´ लगायतका सिनेमामा काम गरिसकेकी छन्।