‘ओभर डोज’को फर्स्ट लुक्स पोस्टरसहित रिलिज डेट घोषणा

‘ओभर डोज’को फर्स्ट लुक्स पोस्टरसहित रिलिज डेट घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिकामा निर्माण भएको सिनेमा ‘ओभर डोज’को फर्स्ट लुक्स पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको छ । यो सिनेमा आउँदो मंसिर १७ गते रिलिज हुनेछ ।

सुमन पौडेलले निर्देशन गरेको सिनेमामा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदिक्षा कार्की, डुएन टर्नर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमामा जिवन कुमार केसीको लगानी छ । गुच्ची भाईले छायांकन गरेको सिनेमालाई साजन कार्कीले सम्पादन गरेका छन् । उपेन्द्र पन्जियार र जुनियर मोरेनो सिनेका कथा तयार पारेका हुन् । सिनेमालाई जि.जि ग्रूपले उपत्यका र एफडि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।